Logo

दुगड ग्रुपको ३५ औं वर्कसप सिमरामा, २ सय भन्दा बढीलाई रोजगारी

दुगड ग्रुपको ३५ औं वर्कसप सिमरामा, २ सय भन्दा बढीलाई रोजगारी



काठमाडौं । ‘एमभि दुगड’ ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्स प्रालिले सिमरा उपमहानगरपालिकामा वर्कसप संचालनमा ल्याएको छ ।

विगत २७ बर्ष देखी महिन्द्रा एण्ड महिन्द्राका कमर्सियल गाडिहरुको विक्री तथा विक्री पछीको सेवा प्रदान गरिरहेको दुगड व्रदर्सले ३५ औं सर्भिस सेन्टरको रुपमा सिमरामा वर्कसप संचालनमा ल्याएको हो ।

उक्त वर्कसपको उद्घाटनमा महिन्द्रा एण्ड महिन्द्राका कष्टुमर केयर हेडका के रवि, दुगड ब्रदर्सका उपाध्यक्ष बिबेक दुगड, महिन्द्राका कन्ट्री हेड नेपाल तथा भुटानका चैतन्य कागल्कर लगायतको सहभागिता रहेको थियो ।

२० सर्भिस वे भएको यो वर्कसप १६ हजार वर्ग फिटको क्षेत्रफल रहेको छ । वर्कशपमा ९ हजार वर्ग फिटको पार्ट्स काउन्टर र २७ हजार वर्ग फिटको पार्ट्स गोदाम समेत रहेको छ ।

नेपाल भर ३४ सर्भिस सेन्टरमा २ सय भन्दा बढी टेक्निसियनहरु मार्फत दुगड व्रदर्सले विक्री पछिको सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL