Logo

नेपाल भारत हस्तकला प्रदर्शनी शनिबारदेखि सुरु, दुई देशको हस्तकला व्यापार बढाउने लक्ष्य

नेपाल भारत हस्तकला प्रदर्शनी शनिबारदेखि सुरु, दुई देशको हस्तकला व्यापार बढाउने लक्ष्य



काठमाडौं । नेपाल भारतबीच हस्तकलाको विस्तार गर्ने उद्देश्यले ४ दिने हस्तकला प्रदर्शनी हुने भएको छ । साउथ एसिया फाउण्डेसन र साउथ एसिया फाउण्डेसन नेपाको आयोजनामा हुने सो मेला शनिबार देखी सुरु भएको छ ।

शनिबार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा भारतीय राजदुत एसएच मन्जीव सिंह पुरीको समेत उपस्थिती रहने आयोजकले जानकारी दिएको छ ।

ठमेल स्थित छाया सेन्टरको कोर्ट यार्डमा आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल र भारतको हस्तलाको विषेशता तथा संस्कृतिका बारेमा जानकारी दिइनेछ ।

५ दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली तथा भारतीय कालीगढले बनाएका कलाकृतिको प्रदर्शनी हुनेछ । साथै प्रदर्शनीमा कालीगढले आफ्ना कला कौशल प्रत्यक्ष रुपमा प्रदर्शन गर्नेछन । यसले र्दुइ देश विचको हस्तकलाको ब्यापारमा सहजता अभिवृद्धि गर्न टेवा पुर्याउने विश्वास गरिएको छ ।

नेपाल भारत हस्तकला प्रदर्शनीलाई भारत सरकारको टेक्सटायल मन्त्रालयको प्रयोजन गरेको छ । त्यसै गरी काउन्सील अफ हेण्डीक्राफ्ट डेभलपमेन्ट कर्पोरेसन र भारत सरकारको डेभलपमेन्ट कमिसनर तथा साउथ एशिया फाउण्डेसनको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

शनिवार देखी सुरु हुने सो मेलामा नेपाल र भारतका गरी करिव २० जातीका ८० भन्दा धेरै कालीगडको सहभागतिा रहनेछ । नेपालका भने विभिन्न क्षेत्रवाट ३० कालिगढ सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL