Logo

टिसीएलको लकरमा भयंकर अफर सार्वजनिक, घरायसी सामाग्रीहरुमा २५ प्रतिशत छुट

टिसीएलको लकरमा भयंकर अफर सार्वजनिक, घरायसी सामाग्रीहरुमा २५ प्रतिशत छुट



काठमाडौं । टिसीएल ब्राण्डले ‘लकरमा भयंकर’ अफर सार्वजनिक गरेको छ । टिसीएलले नयाँ वर्ष २०७६ लाई लक्षित गरी क्यास ब्याक तथा लकरमा भयंकर अफर ल्याएको हो ।

नयाँबर्षलाई लक्षित गर्दै टिसीएलले ग्राहक माझ आफ्ना घरायसी सामाग्रीहरुमा २५ प्रतिशत सम्मको क्यास ब्याक दिने भएको हो । साथै पृथक उपहार योजनामा लकरमा भयंकर योजना रहेको छ ।

लकरमा भयंकर योजनामा सहभागि हुन ग्राहकले ४० ईन्च भन्दा माथिको स्मार्ट टिभी खरिद गर्नु पर्ने र खरिद पछि स्क्र्याच कार्ड पाउने भएको छ । उक्त कार्डमा सेओर सर्ट गिफ्ट वा कि नेमोनिक कार्ड पाउने छन ।

कि नेमोनिक कार्ड पाउने विजेताले स्क्र्याच कार्ड सुरक्षित राख्नु पर्नेछ । जुन तोकिएको समय सिमा पछि एक कार्यक्रमको आयोजना गरी लकरमा भएको भयंकर उपहार प्रदान गरिने छ । यो योजना चैत १५ गते देखी नेपाल भर सिमित अवधिका लागी प्रदान गरिने छ ।

२० ईन्च देखि ६५ ईन्च सम्मको स्मार्ट र नन स्मार्ट मोडलहरुमा उपलब्ध रहेको टिसीएल ब्राण्डले नेपालमा गुगल एन्ड्रोइड टिभी समेत भित्र्याएको छ । ग्राहकहरुको माग अनुसार टिसीएलले आफ्ना टिभीहरुमा ३ वर्षको वारेन्टी तथा एसीको कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL