Logo

फिगो फोर्डको नयाँ गाडी नेपाली बजारमा, बजार मूल्य २५ लाख

फिगो फोर्डको नयाँ गाडी नेपाली बजारमा, बजार मूल्य २५ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फोर्ड फिगोले नेपाली बजारमा डबल इन्जिनका साथ आफनो उत्पादन सार्वजनिक गरेको छ ।

laxmi

फिगोको उक्त गाडीमा शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्चको टचस्क्रीन रहेको कम्पनीले जानकारी दिएको छ ।

फोर्ड फिगोले आफ्नो उत्पादनलाई परिमार्जित गर्दै बजारमा ल्याएको नयाँ गाडीको नेपाली बजार मूल्य भने २४ लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । नयाँ फोर्ड फिगोका दुई ओटा इन्जिन, ४ मोडल र ७ रङ्गमा उपलब्ध हुनेछ ।

फोर्ड फिगोले सार्वजनिक गरेको सवारीमा १ दशमलब २ लिटर पेट्रोल र १ दशमलब ५ लि डिजेल इन्जिन रहेको छ । आकर्षक र आरमदायी बनावट, प्रविधि सम्बन्धि उत्कृष्ट सुरक्षा, शक्तिशाली इन्जिन रहेको सो गाडीमा यात्रा गर्दा रमाइलो हुने कम्पनीको दावी रहेको छ ।

डबल इन्जिनयुक्त फोर्ड फिगो ५ स्पीड ट्रान्समिशनमा उपलब्ध हुनेछ । साथै पहिलेको भन्दा १५ प्रतिशत हलुका हुनुका कारण बढी इन्धन बचत हुने कम्पनीले जानकारी दिएको छ ।

फिगोको सबै मोडेलमा दुईवटा एयर ब्याग राखिएको छ भने सुरक्षालाई सशक्त बनाउन एन्टी लक ब्रेकिङ सिस्टम जडान गरिएको छ जस्ले यात्रालाई आरामदायी बनाउन सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL