Logo

विश्वभर लोकप्रिय लिभाईज जिन्सले दियो सर्वसाधारणलाई सेयर, प्रतिकित्ता १७ डलर तय

विश्वभर लोकप्रिय लिभाईज जिन्सले दियो सर्वसाधारणलाई सेयर, प्रतिकित्ता १७ डलर तय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अमेरिकाको प्रसिद्ध जिन्स कम्पनी लिभाईजले सर्वसाधारणलाई सेयर दिने भएको छ । निलो जिन्स बनाउने कम्पनी लिभाईजले ३४ बर्षपछि पुनः सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो । कम्पनीले बिहीबार प्रतिकित्ता १७ डलरको ६६ करोड डलरको आईपिओ जारी गरेको छ ।
आईपिओले अमेरिकास्थित उक्त कम्पनीलाई ६२ करोड ३ मिलियन डलर जुटाउन सहयोग पुगेको छ । यो बर्ष आईपिओको अन्य प्रोफाईलमध्ये कम्पनीको सेयरले बजार हिट गर्ने उल्लेख गरिएको छ ।
कम्पनीको स्टकले बिहीबारबाट न्युयोर्क स्टकमा एलईभिआई संकेतका साथ कारोबार गरेको छ ।
कम्पनी पहिलोचोटी सन १९७१ मा आईपिओ जारी गर्दै सन १९८५ मा निजिकरण भएको थियो । त्यसपछि फेरी हालै मात्रै आफ्नो दायरा बढाउन तथा एक शताब्दी लामो ब्राण्ड बचाउन कम्पनी पब्लिकमा आएको हो । अन्य कम्पनीको तुलनामा लिभाईजले आफ्नो कम्पनीको नयाँपनमा भने त्यती ध्यान दिएको छैन ।

आईपीओ जारी पछि पुरुषका लागि जिन्स पाइन्ट उत्पादन गर्दै आएको कम्पनीको व्यापार झन बढ्ने अनुमान गरिएको छ । यस्तै हालसम्म कम्पनीले बजारमा ल्याएका डिजाईनमा नयाँ डिजाईनहरु पनि थपिने अनुमान गरिएको छ । तर लेभाईजले पनि जिन्सभन्दा फरक उत्पादनमा पनि हात हाल्न चाहिरहेको जानकारीमा आएको छ ।

कम्पनीले आफ्नो हालको परिचयलाई परिवर्तन गर्न नयाँ उत्पादनहरु बजारमा ल्याउन चाहीरहेको गत फेब्रुअरीमा जानकारी दिएको थियो । यसको मतलब कम्पनीले अब जिन्सको सामान मात्रै नभएर महिलाले लगाउने विभिन्न पहिरनका कपडाहरु निर्माण गर्ने भएको छ । कम्पनीले आफ्नो बजारहिस्सा चीन, ब्राजिल तथा भारतमा पनि बढाउने बताएको छ ।

हाल कम्पनीले उत्पादन गरेका सामान सबैभन्दा बढी चीनमा खपत हुने गरेको छ । अमेरिकाका लगानीकर्ताका लागि लेभाईजको आईपिओले केहि मात्रामा उनिहरुको माग पुरा गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL