Logo

प्रभु लाईफ र एनसिसबीच सम्झौता, घुम्ती बीमा सचेतना संचालन

प्रभु लाईफ र एनसिसबीच सम्झौता, घुम्ती बीमा सचेतना संचालन



काठमाडौं । घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान सञ्चालन गर्न प्रभु लाईफ इन्स्योरेन्स र नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस)बीच सम्झौत भएको छ ।


सम्झौता अनुसार प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० वटा कार्यक्रममा सहकार्य गर्ने भएका छन् । उक्त सम्झौतापत्रमा एनसिसका मनिष प्रसाईं र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोर लामिछानेले हस्ताक्षर गरेका हुन् ।


सम्झौतासँगै प्रभु लाइफ इन्स्योरेन्स घुम्ती बिमाअन्तर्गत हुने १० कार्यक्रमको मुख्य प्रायोजकको रुपमा एनसिससँग जोडिएको छ । बिमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट उद्घाटन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL