Logo

नेप्सेमा दैनिक उतारचढाव, ग्लोबलको संस्थापक सेयर पनि बढाएन कारोबार

नेप्सेमा दैनिक उतारचढाव, ग्लोबलको संस्थापक सेयर पनि बढाएन कारोबार



काठमाडौं । अघिल्लो हप्ताबाट लगातार उकालो लागेको नेप्से परिसुचकमा फेरी उतारचढाव सुरु भएको छ । बजार बढ्ने झिनो आशासहित बजार केही समय उकालो लागेपनि पुनः घट्न थालेको छ ।

laxmi


सोमबार बजार खुलेदेखि उकालो लागेको बजार अन्तिम समयमा आएर ओरालो लागेको छ । जसमा कारोबार रकमले समेत साथ दिएन । गत हप्ता दैनिक ५० करोड रुपैयाँको हाराहारीमा कारोबार भइरहेको बजारमा आज ३६ करोड रुपैयाँमा खुम्चिएको छ । जसमा ग्लोबल आईएमई बैंकको संस्थापक सेयर म्याचिङ्को ६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।


सोमबार ७ दशमलव ४७ अंकले घटेको बजारमा उत्पादनमुल र फाइनान्स बाहेक सबै समुहका परिसचुक ओरालो लागेका छन् । जसमा जीवन बीमा कम्पनीको ७६ र निर्जीवन बीमा कम्पनीको परिसुचक ६० अंकले ओरालो लागेका छन् ।


यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ् समुहको परिसुचकमा पनि ६ दशमलव ३७ अंकले घट्न पुगेको छ । विकास बैंक समुहको परिसुचक ६ दशमलव १९ अंकले घट्दा जलविद्युत समुहको परिसुचक १४, होटल ७ र माइक्रोफाइनान्स समुहको परिसुचक १० अंकले ओरालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL