Logo

नयाँ बर्षमा बजाजको उल्टो अफर, बाईक किन्नुभन्दा पहिल्यै १ लाखसम्म जित्न सकिने

नयाँ बर्षमा बजाजको उल्टो अफर, बाईक किन्नुभन्दा पहिल्यै १ लाखसम्म जित्न सकिने



काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्दले ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले नयाँ बर्ष २०७६ को अवसरमा ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ नारा सहित उक्त नयाँ योजना सार्वजनिक गरेको हो ।

बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउदै आइरहेको छ । कम्पनीको उक्त योजना अन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् साथै उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरि छुट पाउने छन् ।

उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगदजित्न सक्छन् । ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरि यो योजनाको लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL