Logo

हुण्डाई एक्सचेन्ज योजना बिहीबारबाट सुरु, ५ दिन चल्ने

हुण्डाई एक्सचेन्ज योजना बिहीबारबाट सुरु, ५ दिन चल्ने



काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई एक्स्चेन्ज योजना संचालनमा ल्याएको छ । कम्पनीले बिहीबार देखि नेपालभर उक्त योजना संचालनमा लाएको हो ।

laxmi

कम्पनीले संचालनमा ल्याएको उक्त कार्यक्रम चैत्र ५ गतेसम्म चल्ने भएको छ । कम्पनीले उक्त एक्स्चेन्ज कार्यक्रम सहित स्पट एक्स्चेन्ज तथा मुल्यांकन, सरल वित्तिय तथा बीमा सेवा तथा आकर्षक नगद छुटको ब्यवस्था समेत गरेको छ ।

कम्पनीले उक्त कार्यक्रमसहित १५ हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म
लोयल्टी बोनसका साथै ४ बर्षसम्मको निशुल्क सेवा दिने भएको छ ।

यी बाहेक कम्पनीले एक्स्चेन्ज अवधिभर हुन्डाई अल न्यु स्यान्ट्रोसँग कुनैपनि गाडिको एक्स्चेन्जमा विशेष अफरका साथै अल न्यु स्यान्ट्रोको प्रत्येक टेस्ट ड्राईभमा आकर्षक हुन्डाई उपहारहरु प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL