Logo

बैशाखदेखि ५ लाखभन्दा माथीको सेयर कारोबारमा प्यान अनिवार्य, साना लगानीकर्तालाई बोर्डको छुट

बैशाखदेखि ५ लाखभन्दा माथीको सेयर कारोबारमा प्यान अनिवार्य, साना लगानीकर्तालाई बोर्डको छुट



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ लाख रुपैयाँभन्दा माथीको कारोबारमा मात्र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ ।

बोर्डले यसअघि बैशाखबाट दोस्रो बजारमा हुने सम्पूर्ण कारोबारमा प्यान नम्बर लगाउने निर्णय गरेकोमा हाल ५ लाख रुपैयाँभन्दा माथीको कारोबारमा मात्र लगाउने भएको हो ।

लगानीकर्ता तथा सम्बद्धपक्षहरुसँग गरिएको छलफलको सुझाव तथा निष्कर्ष र अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसार बैंशाख १ गतेबाट ५ लाखभन्दा बढीको कारोबारमा मात्र अनिवार्य प्यान नम्बरको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।

साथै सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने बोर्डले निर्णय गरेको छ ।

लगानीकर्ताहरु तथा अन्य सरोकारवालाहरुको सुझाव अनुसार गरिएको यस व्यवस्थाले दोस्रो बजार कारोवारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने अपेक्षा बोर्डले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL