Logo

हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९ हुँदै, ‘होल ईन वान’ विजेतालाई हुण्डाई सेन्ट्रो गाडी

हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९ हुँदै, ‘होल ईन वान’ विजेतालाई हुण्डाई सेन्ट्रो गाडी



काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९’ आयोजना गर्ने भएको छ । नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विगतका बर्षहरुमा झै यस बर्ष पनि सो टुर्नामेन्ट गर्न लागेको हो ।

गोकर्ण गल्फ क्लबमा हुने उक्त टुर्नामेन्ट यहि शुक्रबार सुरु भई शनिबार सम्पन्न हुने भएको छ । आयोजकका अनुसार उक्त टुर्नामेन्टका लागि हालसम्म ८५ जनाले रजिस्ट्रेशन दर्ता गरिसकेका छन् । १ सय ३० जना गल्फर्सहरुले प्रतिस्पर्धा गर्ने सो खेल शुक्रबार विहान ८ बजे सुरु भई शनिबार २ बजे समापन गर्ने कार्यक्रम रहेको छ ।

टुर्नामेन्टमा टाईटल विनर, फस्ट रनरअप, सेकेण्ड रनरअप, बेष्ट ग्रोस, लेडिज विनर लगायतका विधामा पुरस्कार वितरण गर्ने भएको छ । पुरस्कार राशी भने फस्ट रनरअपलाई १ लाख रुपैया, सेकेण्ड रनरअपलाई ६० हजार र अन्य विजेतालाई भने क्रमश २५ हजारका दरले रहेको समेत आयोजकले जानकारी दिएको छ ।

उक्त खेल अवधिमा ‘होल ईन वान’ गर्ने विजेतालाई दि अल न्यु हुण्डाई सेन्ट्रो गाडी प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । साथै विशेष पुरस्कारमा हुण्डाई ओनर्स क्याटोगोरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL