Logo

बजारमा किन हौसिए लगानीकर्ता, नेप्से २० अंकले बढ्दा ५१ करोडको कारोबार

बजारमा किन हौसिए लगानीकर्ता, नेप्से २० अंकले बढ्दा ५१ करोडको कारोबार



काठमाडौं । अघिल्लो हप्ताको अन्तिम समयबाट बढ्न सुरु गरेको नेप्से परिसुचक आजसम्म आईपुग्दा दोहोरो अंकको वृद्धि समाएको छ ।

मंगलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा २० दशमलव ३३ अंकले बढ्न पुगेको छ । दोहोरो अंकले बढेको बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् ।

मंगलबार बजारमा बैंक तथा बीमा समुहको परिसुचक उचालिँदा नेप्से परिसुचकमा २० अंकभन्दा बढीको वृद्धि भएको हो ।

पछिल्लो समय परिसुचकका साथै कारोबार रकममा पनि वृद्धि भएको छ । ५१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको बजारमा १ सय ७६ कम्पनीका १९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

पछिल्लो समय तरलतामा सहजता, बैंक तथा वित्तीय संस्थाको प्रगतिमा राम्रो सुधार भएसँगै लगानीकर्ताहरु बजारमा प्रवेश गर्न लागेका हुन् । साथै यो वृद्धिदरले कम्तीमा १२५० को लक्ष्य छुने भएकाले पछिल्लो समय लगानीकर्ताहरु बजारमा प्रवेश गर्ने क्रम बढेको एक लगानीकर्ताले जानकारी दिए ।

५१ करोड रुपैयाँको कारोबार भएको बजारमा माच्छापुच्छ्रे बैंक र एनसीसी बैंकको ३ करोड रुपैयाँभन्दा माथी सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL