Logo

साढे १५ करोडको कारोबार गर्दै सकियो औद्योगिक व्यापार मेला, निर्यात प्रवर्द्धनमा सरकारको सहयोग

साढे १५ करोडको कारोबार गर्दै सकियो औद्योगिक व्यापार मेला, निर्यात प्रवर्द्धनमा सरकारको सहयोग



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै देशको अर्थतन्त्र सुदृढ हुने जानकारी दिएका छन ।

laxmi

नेपाली मौलिक उत्पादनहरुको आफ्नो बजारका साथै अन्तरराष्ट्रिय बजारमा पुर्याउन समेत सरकार तयार रहेको उनले जानकारी दिएका हुन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको १५ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को समापन गर्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन ।

पछिल्लो समय नयाँ बाटो भन्दै परनिर्भरतातर्फ मुलुक अग्रसर भएको भन्दै मन्त्री पण्डितले भने ‘मेला हेरेपछि म पनि उत्साही भएको छु । यहाँहरुको पनि उत्साह नघटोस । मुलुकलाई परनिर्भर हुनबाट बचाउन आन्तरिक उत्पादनलाई सबल बनाएर आयातको दरलाई रोक्न सघाउनुस ।’

अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकायमार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा समेत उनले जोड दिएका छन ।

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने नारा सहित मेला बिहीबारदेखी सोमबार सम्म मेला संचालन भएको थियो । उक्त ५ दिने मेलामा १५ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ भने ४ लाख ७५ हजार जनाले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL