Logo

क्योदाइ रेमिट्यान्सको बीमा योजना, पैसा पठाउँदा ५ लाखको दुर्घटना बीमा

क्योदाइ रेमिट्यान्सको बीमा योजना, पैसा पठाउँदा ५ लाखको दुर्घटना बीमा



काठमाडौं । जापानको क्योदाई रेमिट्यान्स आइएमईले सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ ।

laxmi

कम्पनीले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने नाराका साथ उक्त योजना ल्याएको हो ।

कम्पनीको उक्त योजना अन्तर्गत सेवाग्राहीले जापानबाट उक्त रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने ब्यक्तिले दुर्घटना जीवन बीमा पाउनेछन ।

सेवाग्राहीले भुक्तानी पाएको दिन देखी ५ लाख रुपैयाँको १ बर्षे दुर्घटना जीवनबीमा हुने कम्पनीले जानकारी दिएको छ ।

क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुनेछ । सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिने ग्राहकमध्येबाट २ हजार १ सय ३७ जनाको प्िरत ब्यक्ति ५ लाख रुपैयाँकोे १ बर्षे दुर्घटना जीवनबीमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL