Logo

सर्वसाधारणलाई आजदेखि स्पर्श लघुवित्तको आइपिओ, न्यूनतम १० कित्ता आवेदन दिन सकिने

सर्वसाधारणलाई आजदेखि स्पर्श लघुवित्तको आइपिओ, न्यूनतम १० कित्ता आवेदन दिन सकिने



काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गरेको छ ।

स्पर्शले आजदेखि संस्थाले सर्वसाधारणका लागि २ लाख ५२ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

उक्त सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार ३ सय ४० कित्तासम्म आवदेन दिन सकिने छ । उक्त सेयरको लागि पहिलो चरणमा फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल रहेको छ । प्राथमिक सेयर निष्काशनसँगै कम्पनीको चुक्ता पूँजी ८ करोड २९ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL