Logo

मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स सेवा नारायणगढमा, प्रयोगकर्तालाई १ लाखको बीमा

मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स सेवा नारायणगढमा, प्रयोगकर्तालाई १ लाखको बीमा



काठमाडौ । मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स सेवाले नारायणगढमा शाखा विस्तार गरेको छ ।
मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा चितवनको नारायणगढबाट समेत मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको हो । विहीबार एक कार्यक्रमकाबीच नेपाल मोबाइल बितरक संघका अध्यक्ष दिनेश चुल्याधले मेरो सुरक्षाको नारायणगढ शाखाको उद्घाटन गरेका हुन ।

नारायणगढको एटुजेड मोबाइल हाउसका एक दर्जन बढी पसलहरुबाट मेरो सुरक्षाको प्रोटेक्सन प्लानमा सहभागि हुन सकिने छ । संघका महासचिव रघुनाथ तिवारीले मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स योजनाले प्रयोगकर्ता मात्र नभई व्यवसायी पनि लाभन्वित हुने जानकारी दिएका छन ।

उपत्यका बाहिर समेत यसको माग बढेपछि चितवनको नारायणगढमा मेरो सुरक्षाको प्रोटेक्शन प्लान संचालनमा ल्याइएको मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले बताए । साथै केही समय पछिनै पोखरा, पाल्पा, बुटवल र तनहुँबाट समेत सेवा सुरु गर्न लागिएको मेरो सुरक्षाले जानकारी दिएको छ ।

मेरो सुरक्षा प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई १ लाख रुपैयाँ बराबरको बीमा सेवा समेत उपलब्ध गराउँदै आएको छ । मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरगत एक हप्ता भित्रै नयाँ मोबाइल पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL