Logo

दोहोरो अंकले बढेको बजारमा २२ करोडको कारोबार, सबै समुहका परिसुचक हरियो

दोहोरो अंकले बढेको बजारमा २२ करोडको कारोबार, सबै समुहका परिसुचक हरियो



काठमाडौं । बुधबार सबै समुहका नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ । केहीदिनयता सामान्यजसो घटवढ भइरहेको नेप्से परिसुचक आज ९ दशमलव १२ अंकले बढ्न पुगेको छ ।

करिब दोहोरो अंकले बढेको बजारमा २२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १ सय ६९ कम्पनीको ८ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

बजारमा लामो समयपपछि सबै समुहका परिसुचक हरियो भएका छन् । बुधबार बीमा र बैंकिङ समुहको परिसुचक उचालिँदा नेप्से ९ अंकभन्दा माथी बढ्न पुगेको छ ।

जसमा जीवन बीमा समुहको परिसुचक ९६ अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचक ६६ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ७ दशमलव २३ अंकको वृद्धि भएको छ भने विकास बैंक समुहको परिसुचक करिब ११ अंकले उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL