Logo

अमेरिकाको एक्स्पोमा ६ वटा तयारी पोशाक कम्पनीले भाग लिँदै, बढ्ला त निर्यात?

अमेरिकाको एक्स्पोमा ६ वटा तयारी पोशाक कम्पनीले भाग लिँदै, बढ्ला त निर्यात?



काठमाडौं । अमेरिकाको लस भेगासमा हुने सोर्सिङ एक्स्पोमा नेपालका तयारी पोशाक कम्पनीले भाग लिने भएका छन । मार्च १७ देखि २० तारिख सम्म चल्ने उक्त एक्स्पोमा नेपालका विभिन्न ६ ओटा तयारी पोशाक कम्पनीहरुले भाग लिने भएका हुन ।

विश्वका १ सय ५० ओटा भन्दा बढि देशहरुले भाग लिने उक्त मेलामा नेपालका तयारी पोशाकका ६ ओटा स्टल रहने भएका छन । हालसम्म स्टल बुकिङ तथा विभिन्न कार्यहरुका लागि १६ लाख ५० हजार रुपैयाँ खर्च भईसकेको नेपाल तयारी पोशाक संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा मंगलबारको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अर्यालले नेपाली तयारी पोशाकको प्रवद्र्धन गर्नका लागि भाग लिएको उक्त मेलाले नेपालको तयारी पोशाकको बारेमा सकारात्मक प्रचार अमेरिकामा पुग्ने जानकारी दिए ।

यस्तै ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले उक्त मेलामा भाग लिनका लागि केन्द्रले कुल खर्चको ५० प्रतिशत बेहोर्ने बताए । उनले उक्त मेलामा नेपालको सहभागीता जनाउन हालसम्म केन्द्रबाट १३ लाख रुपैयाँ निकासी भईसकेको र अरु पनि थपिन सक्ने पनि जानकारी दिएका हुन ।

अमेरिकाले नेपालमा उत्पादित ७७ ओटा बस्तुमा १० बर्षका लागि भन्सार छुट दिएको छ । उक्त मेलामा भाग लिनका लागि लाग्ने खर्चको २५ प्रतिशत मेलामा भाग लिने कम्पनीले, २५ प्रतिशत संघले तथा ५० प्रतिशत केन्द्रले वेहोर्ने भएको हो ।

अमेरिकाले ७७ बस्तुमा ड्युटी फ्रि दिएपनि कतिपय नेपालमा उत्पादन नहुने बस्तु परेको संघका अध्यक्ष अर्यालले बताए । उनले उक्त ७७ बस्तुमा नेपालमा उत्पादित प्रमुख बस्तुहरु भने कमै मात्रामा परेकाले अमेरिकाले ड्युटी फ्रि गर्नुपर्ने बस्तुको संख्या बढाउने देखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL