Logo

चैत्र दोस्रो हप्ताबाट नेपाल अन्तरराष्ट्रिय व्यापार मेला हुँदै, निर्यात प्रवर्द्धनमा टेवा पुग्ने

चैत्र दोस्रो हप्ताबाट नेपाल अन्तरराष्ट्रिय व्यापार मेला हुँदै, निर्यात प्रवर्द्धनमा टेवा पुग्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय व्यापार मेलालाई यस बर्ष पनि निरन्तरता दिने भएको छ । उक्त मेला यो बर्ष आगामी चैत्र १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको हो ।

laxmi

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि स्टल बुकिङ खुला भैसकेको र यस वर्षको मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बङ्गलादेशबाट ४० वटा नेपाली हस्तकला र एनटीआईएस बस्तुहरूको ५० वटा स्टल बुकिङ भैसकेको महासंघले जानकारी दिएको छ ।

नेपाल सरकार÷वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो ।

गर्दैै महासंघका अध्यक्ष भवानी राणाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न एक सशक्त माध्यम बन्दै गएको जानकारी दिइन ।

अध्यक्ष राणाले यस पटक लगानी सम्मेलनमा आउने विदेशी प्रतिनिधि र सार्क क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत मेला अवलोकनमा सहभागिता हुने र एनआइटीएफ मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन ।

जम्मा ३ सय भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, म्यानमार लगायतका देशहरूको सहभागिता रहने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान लगायतका देशहरूबाट क्रेताहरू आउने अपेक्षा गरिएको महासंघले जानकारी दिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस उत्पादनहरु रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तास“ग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् ।

महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरिएको बताए ।

महासंघको व्यापार मेला समितिका सभापति दिल सुन्दर श्रेष्ठले मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूस“ग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी बारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव १ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक नविन शर्माले महासंघस“ग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल अन्तराष्ट्रिय व्यापार मेला अन्तराष्ट्रिय मंचमा एक स्थापित मेला बन्दै गएको धारणा राखेका छन ।

पत्रकार सम्मेलनमा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले धन्यवाद मन्तव्य दिंदै नेपालको निर्यात प्रवद्र्धनमा मेला सहयोगी हुने विश्वास प्रकट गरे ।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्लो वर्षहरूमा जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं बस्तुगत गरी करिव ३० देखि ४० वटा मेलाहरू विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । केहि मेला सम्पन्न भै सकेका छन् भने केहि तयारी गर्दै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL