Logo

एक दिनपनि टिकेन नेप्सेको दोहोरो अंकको वृद्धि, परिसुचक र कारोबार रकम दुबै घटे

एक दिनपनि टिकेन नेप्सेको दोहोरो अंकको वृद्धि, परिसुचक र कारोबार रकम दुबै घटे



काठमाडौं । लामो समयपछि मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसुचकको वृद्धि एक दिनपनि टिक्न सकेन । मंगलबार बढेको बजार बुधबार पुनः दोहोरो अंकले घट्न पुगेको छ ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक बजार बन्द हुँदा १२ दशमलव ७२ अंकले घट्न पुगेको छ । दोहोरो अंकले घटेको बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक १ सय ६८ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा पनि १ सय ५ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ८ दशमलव ७१ अंकले घट्न पुगेको छ । बुधबार विकास बैंक समुह साढे १३ अंकले घट्दा माईक्रोफाइनान्स १९ दशमलव ३३, जलविद्युत २० र होटल समुहको परिसुचकमा ९ अंकले गिरावट आएको छ ।

बजारमा नेप्से परिसुचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर कुल १६ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १ सय ६२ कम्पनीको ६ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । घट्दो बजारमा कुनै पनि कम्पनीको १ करोड रुपैयाँको सेयर कारोबार हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL