Logo

सिटी एक्सप्रेसको सेवा बेलायतमा पनि, मोबाईल एपबाट पनि सेवा लिन सकिने

सिटी एक्सप्रेसको सेवा बेलायतमा पनि, मोबाईल एपबाट पनि सेवा लिन सकिने



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा बेलायतबाट पनि सुरु गरेको छ ।
कम्पनीको उक्त सेवा सुरु भएसँगै युके बाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजारभन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने भएको हो ।

यस्तै उक्त सेवामार्फत कुनै पनि बंैकको खातामा समेत रकम जम्मा गर्न सकिने भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर, युके बाट भालापे मोबाईल एप र ईन्टरनेट बैंकिङ मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर,युके को तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङले हस्ताक्षर गरेका हुन ।

सिटी एक्सप्रेस नेपालले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७ हजारभन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL