Logo

निसानको नयाँ गाडी किक्स नेपाली बजारमा, मूल्य ४७ लाख देखि ५९ लाखसम्म

निसानको नयाँ गाडी किक्स नेपाली बजारमा, मूल्य ४७ लाख देखि ५९ लाखसम्म



काठमाडौं । नेपालको लागि निसान मोटर्सको आधिकारिक बिक्रेता पायोनियर मोटाकर्पले निसानको किक्स गाडी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले आईतबार एक कार्यक्रमको आयोजना गर्दै विशेष सुविधासहितको उक्त नयाँ गाडी सार्वजनिक गरेको हो ।

गाडीमा रहेको ८ ईन्चको टचस्क्रीन लाई एन्ड्रोईड तथा एप्पल प्रणालीद्धारा संचालन गर्न सकिने, एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाईमेट कन्ट्रोल लगायतका विशेषताले गाडीलाई आकर्षित गरेको कम्पनीको दावी छ । कम्पनीका अनुसार गाडीलाई स्टार्ट गर्नका लागि साँचो पनि नचाहिने सुविधा छ । गाडीमा २ ओटा एयरब्याग तथा चालकको लागि हाईट मिलाउन सकिने सिट लगायतका सुविधा रहेका छन ।

उक्त एसयुभि डिजेल ईन्जिन र पेट्रोल ईन्जिन गरी ५ ओटा प्रकारमा ७ ओटा कलरमा उक्त गाडी उपलब्ध छ ।

नेपाली बजारमा उक्त नयाँ गाडीको बजारमूल्य ४७ लाख ९९ हजार तथा ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL