Logo

महासंघ समक्ष राजदूतहरुले भने, ‘हामी नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गछौं तपाईहरु निर्यात गर्ने बस्तु उत्पादन गर्नु’

महासंघ समक्ष राजदूतहरुले भने, ‘हामी नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गछौं तपाईहरु निर्यात गर्ने बस्तु उत्पादन गर्नु’



काठमाडौं । विभिन्न देशका लागि नियुक्त भएका राजदूतहरुले राष्ट्रले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न आफुहरुले उल्लेखनीय भुमिका निर्वाह गर्ने बताएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक कुटनीति विषयक छलफलमा मलेसिया, संयुक्त अरव इमिरेटस, फ्रान्स, कुवेत, क्यानाडा, यूएन, थाइल्याण्डका लागि नव नियुक्त राजदूतहरुले सो कुरा बताएका हुन् ।

राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई सदुपयोग गर्दै आफू कार्यरत देशहरूबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणाममुखी काम गर्ने जानकारी दिएका हुन । नवनियुक्त राजदुतहरूको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका अध्यक्ष भवानी राणाले कार्यकाल सफलताको कामना गरेकी छिन ।

अध्यक्ष राणाले जहा“ र जुनसुकै ठाउ“मा रहेपनि मुलुक निर्माणमा हामी सबै नेपालीको दायित्व भएकाले आर्थिक व्यवसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा रहेर गरिरहेको प्रयासमा आफू कार्यरत देशहरूमा रहेर राजदूतहरूले सहयोग गर्न समेत आग्रह गरेकी छिन ।

विशेष गरी आफू कार्यरत मुलुकहरूमा नेपालमा लगानीको वातावरण, निजी क्षेत्रस“गको आपसी सम्बन्ध विस्तार, लगानीका क्षेत्रहरू, अर्थतन्त्रस“ग सम्बन्धित विद्यमान नीति तथा कानून, नेपालको कला संस्कृति लगायतका विषयमा प्रचार प्रसार गरी नेपालप्रति त्यहा“का जनता तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने वातावरण बनाउन समेत आग्रह गरेकी हुन ।

कार्यक्रममा नवनियुक्त राजदूतहरू मलेशियाका लागि उदयराज पाण्डे, संयुक्त अरव इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल, फ्रान्सका लागि दिपक अधिकारी, कुवेतका लागि दूर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना, जेनेभाका लागि मणीप्रसाद भट्टराई, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाल र यूएनका लागि अमृत राईको सहभागिता रहेको थियो ।

मुलुकको हितका लागि आफ्नो सम्पूर्ण प्रयास केन्द्रित हुनेमा जोडदिंदै विशेष गरी आर्थिक कुटनीतिलाई प्रभावकारी ढंगले उपयोग गरी नेपालमा लगानी, पर्यटन, कला संस्कृति, नेपाली उत्पादनको प्रचार प्रसारमा केन्द्रीत गर्ने राजदुतहरुले जानकारी दिए । साथै दुई देशका निजी क्षेत्रबीचको सम्पर्क तथा सम्बन्धलाई जोड्दै सोही माध्यममार्फत लगानी तथा व्यापार विस्तारमा जोड दिने बताए ।

राजदुतहरुले कुन देशमा नेपालबाट के कस्तो वस्तु तथा सामान के कति परिमाणमा निर्यात गर्न सकिन्छ त्यसका वारेमा आवश्यक सूचना दिन समेत महासंघलाई आग्रह गरेको छ । बीटूबी सम्बन्ध र व्यापार प्रवद्र्धनका कार्यक्रममा नेपाली निजी क्षेत्रलाई सहभागी गराउने, व्यवासयिक प्रतिनिधिमण्डलको आदान प्रदानमा सहजीकरणको भूमिका निर्वाह गर्ने कार्यमा आफूहरूले सहयोग गर्ने राजदूतहरुको भनाई थियो ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकालले नवनियुक्त राजदुतहरूको कार्यकालमा नेपाल र कार्यरत मुलुकका निजी क्षेत्रबीचको सम्बन्ध बलियो बनाई निजी क्षेत्रमार्फत लगानी तथा प्रविधि आकर्षण गर्न सकिएमा मुलुकका लागि ठूलो उपलव्धी मिल्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL