Logo

सुस्त गतिमा ओरालो लाग्दै नेप्से, अनलाईन ट्रेडिङले काम नगरेपछि लगानीकर्ता मारमा

सुस्त गतिमा ओरालो लाग्दै नेप्से, अनलाईन ट्रेडिङले काम नगरेपछि लगानीकर्ता मारमा



काठमाडौं । पछिल्लो समय नेप्से परिसुचकले सुस्त गतिमा वियरिस ट्रेण्ड समातेको छ । केही समय सामान्य बढेको जस्तो देखिएको नेप्से परिसुचक त्यसयता लगानीकर्ताले पत्तो नपाउने गरी दैनिकरुपमा सुस्त गतिमा ओरालो लागेको छ ।

laxmi

प्रायःजसो १० अंकको आसपासमा ओरालो लाग्ने गरेको नेप्से परिसुचक साताको पहिलो दिन ३ दशमलव १५ अंकले ओरालो लागेको छ । आईतबार बजार खुलेको केही समय सामान्य ओरालो लागेको नेप्से परिसुचक अन्तमा ओरालो लागेको छ ।

विगत ३ महिनादेखि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले कार्यान्यनमा ल्याएको पूर्ण स्वचालित अनलाईन प्रणालीले काम गर्न नसक्दा पनि परिसुचक ओरालो लाग्नुका साथै लगानीकर्ता समेत मारमा परेका छन् । आजैमात्र दोस्रो बजारमा कारोबार भएको घलेम्दी हाइड्रोको सेयरमा समेत नेप्सेको अनलाईन प्रणालीले काम गर्न नसक्दा लगानीकर्ताहरु अन्यौलमा परेका छन् । नेप्सेले सुरुवाती मूल्य प्रतिकित्ता १ सयदेखि ३ सय रुपैयाँसम्म तोकेको सो सेयरको मूल्य दिनभर प्रतिकित्ता १ सय ९० रुपैयाँले बढेर अन्तमा १ सय ९० रुपैयाँमा कारोबार बन्द भएको नेप्सेले देखाएको छ । केही समय अघि माथिल्लो तामाकोशीको सेयरमा पनि यस्तै भएको थियो ।

ओरालो लागेको बजारमा आईतबार प्रायःजसो समुहको परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ५४ अंकले ओरालो लागेको छ भने अन्य समुहका परिसुचक १० अंकभन्दा तल घटेका छन् ।

आईतबार कारोबार रकममा पनि समेत वृद्धि हुन सकेन । दिनभर कुल २१ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ७३ कम्पनीको ८ लाख २८ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL