Logo

प्रेसिडेन्ट सेकुवा अब चितवनमा, लगानी १ करोड

प्रेसिडेन्ट सेकुवा अब चितवनमा, लगानी १ करोड



काठमाडौं । पर्यटकीय नगरी चितवनको सदरमुकाम भरतपुरमा खानाको स्वादका पारखीहरुका लागि नयाँ रेष्टुरेण्ट ‘प्रेसिडेन्ट सेकुवा’ सोमबारदेखि सञ्चालनमा आउने भएको छ ।

laxmi

घरकै शैलीमा फरकपनसहित मौलिक खानाका परिकारहरुसहित राजधानी काठमाडौंमा चर्चीच बनेको प्रेसिडेन्ट ग्रुप अफ होटलको ८ औं शाखा चितवनको भरतपुरमा सञ्चालन आउन लागेको हो ।

देशकै केन्द्र भागमा रहेको चितवनको भरतपुरमा बिस्तार गरिएको प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिएका छन । सेकुवा पारखीहरुको सुविधालाई ध्यानमा राख्दै चितवनमा प्रेसिडेन्ट सेकुवाको शाखा खोलेका हौं निर्दैशक भण्डारीले भने ।

बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरुको भीडमा आफ्नो छुट्टै विशेषतासहित प्रेसिडेन्ट सुकुवाले आफ्नो शाखा चितवनमा बिस्तार गरेको हो । भरतपुरमा खोल्ने प्रेसिडेन्ट सेकुवाको नयाँ शाखाको सबै तयारी पुरा र फागुन ६ गतेदेखि सञ्चालन आउने उनले बताए ।

सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने समेत उनले जानकारी दिए ।

करिब १ करोड रुपैयाँ लगानीमा संचालनमा आउन लागेको प्रेसिडेन्टको भरतपुर शाखामा किड्स प्ले, व्यवसायिक मिटिङ, वार्षिक साधारण सभा तथा शुभकार्यका लागि पूर्ण एसीसहितको हलको व्यवस्था हुने सञ्चालक भण्डारीले बताए ।

प्रेसिडेन्ट सेकुवामा ठूलो स्कृनमा लिरिक्स हेर्दै गीत गाएर मनोरञ्जन लिने जापानीज शैली ‘काराओके’ समेत रहने भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL