Logo

नेपाल वुड ईन्टरनेशनल एक्स्पो शुरु, आकर्षणमा वुड वर्किङ मेशिन

नेपाल वुड ईन्टरनेशनल एक्स्पो शुरु, आकर्षणमा वुड वर्किङ मेशिन



काठमाडौं । काठमाडौंमा पाँचौं नेपाल वुड ईन्टरनेशनल एक्स्पो शुरु भएको छ । मिडिया स्पेस सोलुसन्सले शुक्रबार देखि ३ दिनसम्मका लागि काठमाडौंको भृकुटीमण्डपमा उक्त एक्स्पो आयोजना गरेकोे हो ।

उक्त प्रदर्शनी मा संसार का विभिन्न देश का २ सय भन्दा ब्राण्ड हरु का १ सय २० भन्दा बढि स्टल रहेका छन ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेता हरु ले काठ ब्यबसाय संग सम्बन्धित उत्पादन हरु को बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि उक्त प्रदर्शनी गरेका हुन ।

उक्त अन्तराष्ट्रिय प्रदर्शनीमा फर्निचर, वुडवर्किङ, ढोका, झ्याल तथा विभिन्न काठसम्बन्धी स्टलहरुको प्रदर्शनी रहेका छन । खासगरी प्रदर्शनीमा काठको काम गर्नका लागि विभिन्न किसिमका मेशिनरी सामानको प्रदर्शनी गरिएको् छ । काठको काम गर्नका लागि विभिन्न कम्पनीका मेशिनहरु पनि प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL