Logo

सामसुङको नयाँ बर्ष छुट योजना सञ्चालनमा , होम एप्लायन्स तथा इलेक्ट्रोनिक्स छुटैछुट

सामसुङको नयाँ बर्ष छुट योजना सञ्चालनमा , होम एप्लायन्स तथा इलेक्ट्रोनिक्स छुटैछुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२९ चैत,काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले नयाँ बर्षलाई लक्षित ‘सामसङ फ्रेस न्यु इयर, फ्रेस न्यु प्राइसेस’ योजना सञ्चालनमा ल्याएको छ ।

जसअन्तर्गत इलेक्ट्रोनिक्स र होम एप्लायन्सहरुमा नयाँ मूल्य निर्धारण गरेको छ ।

यस फ्रेस अफर मार्फत ग्राहकहरुले सामसङ एलइडि टिभी रु २२ हजार ४ सय९० देखि खरिद गर्न सक्नेछन् । त्यस्तै आधुनिक प्रविधिको कर्भड युएचडि टिभी. ७ लाख १९ हजार९ सय ९० मा खरिद गर्न सकिन्छ । यसका साथै सामसङका सिङ्गल डोर रेफ्रिजरेटरको न्युनतम मूल्य रु २१ हजार ९ सय ९० पर्छ । क्वाट्रो फुड सोकेस स्मार्ट रेफ्रिजरेटरको मूल्य रु ३ लाख ६१ हजार ९ सय ९० सम्ममा खरिद गर्न सकिन्छ ।

यस्तै फ्रेस अफर मार्फत ग्राहकहरुले सोलो माइक्रोवेभ ओभन रु १० हजार४ सय ९० देखि खरिद गर्न सकिन्छ भने स्मार्ट अल इन वान माइक्रोवेभ ओभनको रु ३६ हजार ४ सय ९० सम्म पर्दछ । यसै गरि सामसङको सेमि अटो वासिङ मेसिनको रु १९ हजार ९ सय ९० पर्दछ । योजना २९ चैत्र देखि १५ असार २०७३ सम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL