Logo

लक्ष्मी इन्टर कन्टिनेन्टलले ल्यायो नयाँ हुण्डाइ स्यान्ट्रो, मूल्य २४ लाखदेखि २९ लाखसम्म

लक्ष्मी इन्टर कन्टिनेन्टलले ल्यायो नयाँ हुण्डाइ स्यान्ट्रो, मूल्य २४ लाखदेखि २९ लाखसम्म



काठमाडौं । नेपालको लागी हुण्डाइ मोटरको आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले फेमिली ह्याचब्याक गाडी दि अल न्यू स्यान्ट्रो हुण्डाइ नेपाली बजारमा भित्र्याएको छ ।

हुण्डाइ मोटर्स र लक्ष्मी इन्टर कन्टिनेन्टलको १० वर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको एक कार्यक्रममा उक्त नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको हो ।

बजारको बदलिदो मागलाई ध्यानमा राखी मोर्डन र स्टाइलिस् डिजाईन, आरामदायी र प्रिमियम क्यावेन, नयाँ युगको टेक्नोलोजि, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथ नयाँ स्यान्ट्रो गाडी पुनः नेपाली बजारमा भित्रीएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ स्यान्ट्रो गाडीको अनावरण कार्यक्रममा रुपेश शर्मा भट्ट, महाप्रबन्धक, लक्ष्मी इन्टर कन्टिनेन्टलका महाप्रवन्धक रुपेश शर्मा भट्टले नेपाली परिवारले सबैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी, स्यान्ट्रोलाई पुनः नयाँ र परिमार्जित संस्करणका साथ नेपाली बजारमा भित्र्याउन सफल भएकोमा अत्यन्त खुशी भएको बताए ।

हुण्डाइ स्यान्ट्रोको अघिल्लो संस्करणले नेपालीहरुको मन जित्न सफल भएको थियो र यो नयाँ र मोर्डन स्यान्ट्रोले पनि ग्राहकहरुको मन जित्न सफल भई ग्राहकहरुको बदलिदो मागलाई पुरा गर्न सफल हुनेमा उनले विश्वास ब्यक्त गरेका छन ।

नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याविन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरु ल्याएको कम्पनीले जानकारी दिएको छ । जस अन्तर्गत १७ दशमलव ६४ सेमी स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसन जडित अडियो भिडियो प्रणालीे, रियर पार्किङ्ग क्यामरा, स्टेरिङ्ग माउण्टेड कन्ट्रोल अडियो तथा ब्लूटुथ कन्ट्रोल र रियर एसी भ्यान्स रहेको छ । नयाँ स्यान्ट्रोले नयाँ ११ लिटर, ४– सिलेण्डर पेट्रोल इन्जिन जसले ६९ पि.एस पावर र १०.१ के.जि.एम. को टर्क प्रदान गर्नेछ । गाडीका विभिन्न विशेषताहरु जस्तै एन्टी लक देखि प्रणालीका साथै इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रण्ट एयर ब्याग रहेको छ ।

कम्पनीले नयाँ ल्याएको स्यान्ट्रोको नयाँ मूल्य २४ लाख ९६ हजारदेखि २९ लाख ९६ हजारसम्म राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL