Logo

कसले बेच्यो एभरेष्ट बैंकको १ अर्ब ९१ करोडको संस्थापक सेयर ?

कसले बेच्यो एभरेष्ट बैंकको १ अर्ब ९१ करोडको संस्थापक सेयर ?



काठमाडौं । बिहीबार एभरेष्ट बैंकको ठूलो मात्रामा संस्थापक सेयर खरिदबिक्री भएको छ । सो बैंकको १ अर्ब ९१ करोड रुपैयाँको संस्थापक सेयर बिक्री भएको हो ।

बैंकको प्रतिकत्ता २६५ रुपैयाँका दरले ७२ लाख ३६ हजार ३ सय ७५ कित्ता सेयर खरिदबिक्री भएको हो । उक्त सेयर राधा श्रेष्ठ र नेपालकृष्ण श्रेष्ठले बिक्री गरेको नेप्सेले जानकारी दिएको हो ।

उक्त सेयर बैंकका अध्यक्ष बिके श्रेष्ठकै परिवारले बिक्री गरेका हुन् । बिके श्रेष्ठले परिवारको नाममा सिमाभन्दा बढी सेयर राखेको भन्दै नेपाल राष्ट्र बैंकले एभरेष्ट बैंकको लाभांश वितरणमा रोक लगाएपछि उनले सो सेयर बिक्री गरेका हुन् । सो सेयर प्रतिमा श्रेष्ठले खरिद गरेकी छिन् ।

नेप्सेमा बिहीबार कुल २ अर्ब १६ करोड रुपैयाँ कारोबार भएको छ । जसमा २ अर्ब ९१ करोड एभरेष्ट बैंकको संस्थापक सेयर रहेको छ भने माच्छापुच्छे बैंकको पनि १ करोड रुपैयाँको संस्थापक सेयर कारोबार भएको छ ।

साताको अन्तिम दिन नेप्से परिसुचक ८ दशमलव २१ अंकले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL