Logo

नेप्सेमा बैंकिङ र बीमाको प्रेसर, परिसुचक ७ अंकले घट्दा २४ करोडको कारोबार

नेप्सेमा बैंकिङ र बीमाको प्रेसर, परिसुचक ७ अंकले घट्दा २४ करोडको कारोबार



काठमाडौं । केही समययता लगातार ओरालो लागेको नेप्से परिसुचक बुधबार पनि घट्न पुगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ७ दशमलव ११ अंकले घट्दै १ हजार १ सय २१ अंकमा झरेको छ ।

laxmi

बजारमा बीमा र बैंकिङ समुहको परिसुचकमा उच्च गिरावट आउँदा समग्र नेप्से परिसुचक ७ अंकले ओरालो लागेको हो । जसमा जीवन बीमा समुहको परिसुचक सबैभन्दा बढी ९६ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक २६ अंकले ओरालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ६ दशमलव ६७ अंकको गिरावट आएको छ । बुधबार उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

बजारमा कारोबार रकममा सामान्य सुधार आई २३ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १ सय ७४ कम्पनीको ८ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । दिनभर नागरिक लगानी कोष र नेपाल बैंक बाहेक अन्य कम्पनीको १ करोड रुपैयाँको सेयर कारोबार हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL