Logo

सौराहामा १३ औँ फुड फेष्टिवल सुरु, मेलाबाट प्राप्त आम्दानी सामाजिक कार्यमा

सौराहामा १३ औँ फुड फेष्टिवल सुरु, मेलाबाट प्राप्त आम्दानी सामाजिक कार्यमा


रासस
0
Shares

काठमाडौं । पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा खाना पर्व (फुड फेष्टिवल) सुरु भएको छ ।

फुड फेष्टिवलको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम समेत सुरु भइसकेको बताएका छन ।

प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाले पर्वको आयोजना गरेको हो । सो अवसरमा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगर प्रमुख नारायण वन लगायतले सरकार र व्यवसायीबीचको संयुक्त प्रयासले मात्र सौराहाको विकास सम्भव रहेको बताएका छन ।

उक्त मेला सौराहामा रहेको सिसुवार खेल मैदानमा सोमबारदेखि सुरु भएको हो । पर्वमा ५० वटा खाना र ५ वटा प्रदर्शनी कक्ष रहेको संयोजक ध्रुव गिरीले बताए । पर्वमा विदेशीसहित विभिन्न जातजातीका परम्परागत खाना राखिएको छ ।

शुक्रबारसम्म रहने सो मेला परिसरमा थारु समुदायको परम्परागत घर बनाएर सो घरबाट चिचर र घोँगी खाने व्यवस्था मिलाइएको संयोजक गिरीले बताए । पर्वमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, रेष्टुरेन्टका कर्मचारीबीच बेटर रेस, प्रेमपत्र लेखन, बालबालिकाबीच बेलुन फुटाउने, उत्कृष्ट खाना, घैला रङ्गाउने प्रतियोगिता गरिने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिएका छन ।

पर्वबाट भएको आन्दानीबाट वडा नं ५, ६, ७ र ८ का आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने, उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने, घुम्ती शौचालय सञ्चालन गर्ने, सौराहाको सरसफाइको लागि ५ प्रतिशत रकम विनियोजन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL