Logo

थप ८ ब्रोकरलाई शाखा विस्तार अनुमति, कुन ब्रोकरले कहाँ शाखा विस्तार गर्दैछ ?

थप ८ ब्रोकरलाई शाखा विस्तार अनुमति, कुन ब्रोकरले कहाँ शाखा विस्तार गर्दैछ ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ८ ब्रोकर कम्पनीलाई शाखा विस्तारका लागि अनुमति प्रदान गरेको छ । शाखा विस्तारका लागि २०७५ असारभित्र आवेदन दिएका ब्रोकर कम्पनीमध्ये ८ वटा ब्रोकर कम्पनीलाई अनुमति प्रदान गरेको बोर्डले जानकारी दिएको छ ।

बोर्डले काठमाण्डौ उपत्यका बाहिरका हाल धितोपत्र दलाल व्यवसायीको शाखा नपुगेका र आर्थिक रुपमा सक्रियताको आधारमा सम्भाव्य जिल्ला÷स्थानहरुमा शाखा विस्तारका लागि अनुमति प्रदान गरेको हो । बोर्डका अनुसार भैरहवाको रुपन्देहीमा भिजन सेक्युरिटीज, सुर्खेतको महेन्द्रनगरमा इम्पेरियल सेक्युरिटीज, कञ्चनपुरको महेन्द्रनगरमा दिपशिखा सेक्युरिटीलाई शाखा स्थापनाका लागि अनुमति दिएको हो । यसैगरी दाङ्गको घोराहीमा आर्यतारा र तुलसीपुरमा कालिका सेयक्युरिटीजलाई शाखा स्थापना अनुमति दिँदा जनपुरको धनुषामा नाशाख सेक्युरिटीज, अग्रवाल सेक्युरिटीज र सुमेरु सेक्युरिटीजलाई शाखा स्थापनाको लागि अनुमति दिएको हो ।

बोर्डका अनुसार उक्त शाखावाट हुने कारोबार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था गर्ने गरी शाखा कार्यालय स्थापनाका आवश्यक पूर्वाधार तयार गर्न सूचित गरिएको छ ।

हाल काठमाण्डौ उपत्यका वाहिर विभिन्न १३ जिल्लामा ४१ वटा शाखा कार्यालय संचालनमा रहेका छन् । अबका दिन शाखा संख्या बढेर ५१ पुग्ने भएको छ ।

हाल बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल व्यवसायी सम्वन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न, वाणिज्य वैंकको सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ति गर्ने र गाभ्ने÷गाभिने सम्बन्धमा नीतिगत व्यवस्था गर्न धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली, २०६४ संशोधन प्रक्रिया समेत अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL