Logo

हुन्डाईको नयाँ ईलेक्ट्रीक कार नेपाली बजारमा, यस्ता छन विशेषता

हुन्डाईको नयाँ ईलेक्ट्रीक कार नेपाली बजारमा, यस्ता छन विशेषता



काठमाडौं । नेपालको लागि हुन्डाइको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टीनेन्टलले नयाँ ईलेक्ट्रीक एसयुभी कार सार्वजनिक गरेको छ ।

कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ कार सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको उक्त नयाँ कार सबैं प्रयोजनको लागि चलाउन मिल्ने खालको रहेको जानकारी दिएको छ ।

यो कार एकचोटी चार्ज गर्दा ३ सय किलोमिटरसम्म गुड्ने कम्पनीले जानकारी दिएको छ । लिथियम आयोन ब्याट्री प्रयोग गरिएको उक्त कारमा अन्य कारमा हुनेजत्तिकै सेवा तथा सुविधाहरु उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उक्त कारमा ईलेक्ट्रक पार्किङ ब्रेक, प्याडल सिफ्टर, वायरलेस चार्जर लगायतका विशेषता उपलब्ध छन ।

कम्पनीले हाल यसको नेपाली बजारमा मूल्य भने ५१ लाख ९८ हजार रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL