Logo

युर्निभर्सलको आईपीओ माघ २५ बाट, ८७ करोडको सेयर जारी गर्दै

युर्निभर्सलको आईपीओ माघ २५ बाट, ८७ करोडको सेयर जारी गर्दै



काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले माघ २५ गतेदेखि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँका दरले ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो ।

आयोजनाले २५ गतेदेखि कुल ८६ करोड ७४ लाख ४९ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसमा दोलखा जिल्लाको स्थानीयबासिन्दालाई १७ करोड ६६ लाख रुपैयाँको सेयर जारी गर्नेछ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार सो आईपीओ निष्कासन बन्द छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेलाई तोकिएको छ । लगानीकर्ताले आईपीओका लागि न्युनतम ५० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सुरुमा स्थानियबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत २ अर्ब ४ करोड रुपैया छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL