Logo

स्प्रेड दरमै रोकियो ब्रोकरको मार्जिन लेण्डिङ, अन्यौलमा धितोपत्र बोर्ड

स्प्रेड दरमै रोकियो ब्रोकरको मार्जिन लेण्डिङ, अन्यौलमा धितोपत्र बोर्ड



काठमाडौं । ब्रोकरले मार्जिन लेण्डिङ कारोबार गर्नका लागि कार्यबिधी बनेपनि स्प्रेडदरमा टुङ्गो नलाग्दा कार्यान्वयनमा आउन सकेको छैन । ब्रोकर मार्जिन लेण्डिङ सम्बन्धी कार्यबिधी स्वीकृति गरेर धितोपत्र बोर्डलाई काम अघि बढाउन सहजीकरण गरेपनि स्प्रेडडदर कती तोक्ने भन्ने विषयमा कुरा नमिल्दा रोकिएको हो ।

ब्रोकरलाई मार्जिन लेण्डिङ सुविधा दिने विषयमा सम्पूर्ण तयारी पुरा भएपनि उनीहरुले कर्जा प्रबाह गर्दा लिने कमिशन र ब्याजदरको विषयमा टुङ्गो नलाग्दा तत्काललाई रोकिएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘ब्रोकरले मार्जिन लेण्डिङ गर्दा सेवा शुल्क कति लिने, स्प्रेडदर कति तोक्ने भन्ने विषयमा अझै टुङ्गो लागेको छैन,’ उनले भने, ‘सो विषयमा टुङ्गो लाग्ने वित्तीकै ब्रोकरलाई मार्जिन कारोबार खुल्नेछ ।’

धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिन, २०७४ तथा ब्रोकरलाई मार्जिन कारोबार गर्न दिने मापदण्ड अनुसार ब्रोकले खुद सम्पतीको दुई गुणासम्म मार्जिन लेण्डिङ गर्न पाउनेछन् । जस अनुसार अहिलेको अवस्थामा एउटा ब्रोकरले बढीमा १० करोड रुपैयाँसम्म मार्जिन लेण्डिङ गर्न सक्नेछ ।

अहिले ५० वटा ब्रोकर कम्पनी संचालनमा छन् । जसमध्ये करिब २५ वटा ब्रोकर कम्पनीले १० करोड रुपैयाँका दरले मार्जिन लेण्डिङ गर्न सक्नेछन् । ब्रोकरलाई मार्जिन कारोबार सुविधा दिँदा लगानीकर्ताले सहक रुपमा कर्जा पाउने र बजारमा सकारात्मक प्रभाव पर्ने भएपनि बोर्डले कार्यान्वयनमा ल्याउन नसक्दा समस्यामा परेको हो । स्प्रेडदर तोक्ने विषयमा अझै अन्योलता रहेको समेत बोर्डले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL