Logo

शनिबार देखी सिटिसी मोबाईल हबमा मेघा एक्सचेञ्ज अफर, लक्की ड्र मार्फत आकर्षक उपहार

शनिबार देखी सिटिसी मोबाईल हबमा मेघा एक्सचेञ्ज अफर, लक्की ड्र मार्फत आकर्षक उपहार



काठमाडौं । सिटिसी मोबाईल हबले सुन्धारामा शनिबार देखि ‘मेघा एक्सचेन्ज मोबाईल मेला’ सुरु गर्ने भएको छ ।

हवले एक हप्ताको लागि मोबाईल एक्सचेञ्ज मेला गर्न लागिएको हो । साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल समेत सित्तैंमा पाउने भएको छ ।

उक्त मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन । साथै पुरानो मोबाईल लगेर नयाँ मोबाइल साट्न समेत पाउने भएको छ ।

मोबाईलको नयाँ गन्तब्य सिटीसी मोबाईल हब सुन्धारामा मोबाईल पारखीहरुले मेघा एक्सचेञ्ज मेला अवधिभर विशेष छुटमा ग्याजेट्स किन्न सक्नेछन भने ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा समेत लिन सक्नेछन् ।

अवलोकनकर्तालाई लक्की ड्र मार्फत आकर्षक उपहार समेत बितरण गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL