Logo

२८ गतेदेखि मोवाइल कर्निभल, रू. १ करोडभन्दा बढीको डिस्काउन्ट अफर

२८ गतेदेखि मोवाइल कर्निभल, रू. १ करोडभन्दा बढीको डिस्काउन्ट अफर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ चैत, काठमाडौं । नयाँ वर्षको अवसरमा न्यूरोडमा नेपालको सबैभन्दा ठूलो र पहिलो मोबाइल कार्निभल आयोजना गरिने भएको छ । यहि चैत २८ गतेदेखि आयोजना हुने सो कार्निभल पाको यूथ क्लबको सहितको सहभागीतामा हुनेछ ।

पहिलो पटक आयोजना हुन लागेको मोबाइल कार्निभल २०१५ मा न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजाका सबै मोबाइल पसलहरुको सहभागिता हुनेछ । नेपालमा नै पहिलो पटक कार्निभलको रुपमा आयोजना गर्न लागिएको मोबाइल महोत्सवले पाको न्यूरोड क्षेत्रलाई मोबाइल हबको रुपमा स्थापित गर्न सहयोग पुर्याउने व्यवसायीहरुको अपेक्षा रहेको छ ।

आज एक पत्रकार सम्मेलनग गरी टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल महोत्सवमा सबै व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिए । उनले १ करोड रुपैंया भन्दा बढिको डिस्काउन्ट अफर गरिएको भन्दै यो कार्निभलमा व्यवसायका साथै सामाजिक सेवा पनि गरिने बताए । बस्नेतले ग्राहकहरुलाई मोबाइलको बारेमा सहि जानकारी दिने तथा उनिहरुलाई विभिन्न मोबाइल खरिदमा डिस्काउन्ट दिने बताए ।

महोत्सव अवधिभर कुल १ करोड रुपैंयासम्मको डिस्काउन्टको घोषणा गरिएको छ । यहि चैत २८ गतेदेखि बैशाख १ गतेसम्म आयोजना हुने नेपालको सबैभन्दा ठूलो र पहिलो मोबाइल महोत्सवको अवधिभर मोबाइल खरिदकर्ताहरुलाई विभिन्न स्कीममार्फत कुल १ करोड रुपैंयासम्मको छुट दिईने छ ।

त्यसैगरी पाको यूथ क्लबका अध्यक्ष अमृत मानन्धरले नेपालमा नै पहिलो पटक नौलो किसिमले आयोजना गर्न लागिएको मोबाइल कार्निभल तथा महोत्सवमा खरिदकर्ताले आकर्षक छुटमा मोबाइल तथा एसेसरिज खरिद गरेर नयाँ वर्षको खुशीयाली आफ्ना साथीभाई तथा परिवारहरुसँग बाँड्न सक्ने बताए ।

कार्यक्रममा बोल्दै सामसुंग मोबाइल एण्ड इलेम्ट्रोेनिक्सका गुरुदत्त शर्माले मोबाइल महोत्सवको अवधिभर पाको, न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजा क्षेत्रमा मोबाइल खरिद गर्ने एस. एल. सी. दिएका विद्यार्थीहरुमध्ये १ जनाले ५० हजार रुपैंयासम्मको छात्रबृत्ति दिईने जानकारी दिए ।

कार्निभल अवधिभर १० लाख उपभोक्ताहरुको सहभागिता हुने अनुमान गरिएको छ । आजसम्मकै सबैभन्दा बढि मोबाइल व्यवसायीहरुको सहभागीतामा आयोजना हुने यो मोबाइल कार्निभलमा मोबाइल म्यूजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिंग जोन, गणेश पुजा तथा मोबाइल एक्सपो समाबेश गरिएको छ ।

त्यसैगरी कार्निभलको अवसरमा मोबाइल खरिदकर्तालाई विभिन्न किसिमका उपहार तथा स्कीमहरु राखिएका छन् । कार्निभल तथा नयाँ वर्षको अवसर पारेर ल्याईने विभिन्न स्कीमहरु भने वैशाख १५ गतेसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।
कार्निभलमा मोबाइल खरिद गर्ने अन्य ग्राहकहरुलाई महोत्सव अवधिभर ५० वटा स्मार्टफोनहरु दिईनेछ । महोत्सवलाई आकर्षक बनाउन र अधिकतम ग्राहकहरुले फाईदा उठाउन भनेर महोत्सव अवधिभर ५० वटा स्मार्टफोनहरु ग्राहकहरुलाई उपहारमा दिन लागिएको हो ।

२ सयभन्दा बढि मोबाइल पसल तथा शोरुमहरु रहेको पाको न्यूरोड तथा ताम्राकार कम्प्लेक्स क्षेत्रमा हाल २५ भन्दा बढि मोबाइल ब्राण्डका आधिकारीक सर्भिस सेन्टरहरु संचालनमा रहेका छन् ।

मुलुकमा नै पहिलो पटक नौलो किसिमले आयोजना गर्न लागिएको मोबाइल कार्निभल २०१५ मा सामसुंग, हुवावे, कलर्स, जियोनी, इन्टेक्स, डिटिसी, सोनी, माइक्रोम्याक्स, माइक्रोसफ्ट तथा नोकिया, एप्पल, एचटिसी, ब्ल्याकबेरी, पानासोनीक, लेनोभो, सेलकोन, लाभा, बिक्यू, जोलो, विनकम, फ्लाई, भिडियोकोन, बर्डलगायतका मोबाइल ब्राण्डहरुको सहभागीता रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL