Logo

सेयर बजारमा दोरोहो अंकको गिरावट जारी, तामाकोशीमा चलखेल हुँदा बजारमा नकारात्मक प्रभाव

सेयर बजारमा दोरोहो अंकको गिरावट जारी, तामाकोशीमा चलखेल हुँदा बजारमा नकारात्मक प्रभाव



काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । बजार खुलेदेखि नै गिरावट आएको बजारमा कारोबार बन्द हुँदा १० दशमलव ८६ अंकले घट्न पुगेको हो ।

दोहोरो अंकले घटेको बजारमा फाईनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचकमा ६२ अंकको गिरावट आएको छ ।

बजारमा बीमा समुहको परिसुचकमा उच्च गिरावट आएपनि गत हप्तामात्र दोस्रो बजारमा कारोबारमा आएको माथिल्लो तामाकोशीको सेयर बढी कारोबार हुँदै प्रतिकित्ता २९ रुपैयाँले घट्दा समग्र बजारमा नकारात्मक प्रभाव परेको हो । दिनभर माथिल्लो तामाकोशीको १० करोड ९१ लाखको ४ लाख ३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

सोमबार बजारमा माईक्रोफाइनान्स, बैंक, जलविद्युत, उत्पादनमुलक तथा निर्जीवन बीमा समुहको परिसुचकमा उच्च गिरावट आएको छ । दिनभर कुल ३६ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार भएको कुल कारोबारमा माथिल्लो तामाकोशीको मात्र ३० प्रतिशतभन्दा बढी हिस्सा रहेको छ ।

दिनभर कुल १ सय ६६ कम्पनीको १२ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL