Logo

हायात होटलको कारोबार रोकियो, सिईओलाई कारबाही सहित २४ घण्टे स्पष्टीकरण माग

हायात होटलको कारोबार रोकियो, सिईओलाई कारबाही सहित २४ घण्टे स्पष्टीकरण माग



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले तारा गाउँ रिजेन्सी होटेल (हायात)को कारोबार रोकेको छ । हायातले लाभांशको सूचना ढिला गरी दिएपछि नेप्सेले कारोबार रोक्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

हायातले पुस २४ गते आफ्ना सेयरधनीलाई १२ दशमलव ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकोमा नेप्सेलाई मंगलबार मात्रै जानकारी दिएपछि कारोबार रोक्दै स्पष्टीकरण सोधेको हो ।

कम्पनीले घोषणा गरेको लाभांशको नेप्सेलाई जानकारी दिने काम प्रमुख कार्यकारी अधिकृतको भएको र सो सम्बन्धमा किन सिईओलाई नै कारबाही नगर्ने भनी नेप्सेले २४ घण्टे पुर्जी काटेको छ । ‘विद्यमान व्यवस्थाअनुसार ढिलो जानकारी दिएको सम्बन्धमा सिईओलाई किन कारबाही नगर्ने ? यस विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन नियमाअनुसार जानकारी गराउँछौं,’ नेप्सेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL