Logo

आजदेखि माथिल्लो तामाकोशीको सेयर दोस्रो बजारमा कारोबार, सुरुवाती मूल्य २२४

आजदेखि माथिल्लो तामाकोशीको सेयर दोस्रो बजारमा कारोबार, सुरुवाती मूल्य २२४



काठमाडौं । माथिल्लो तामाकोशीको प्राथमिक सेयर आईतबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ । लामो समयदेखि प्रतिक्षामा रहेको बहुप्रतिक्षित माथिल्लो तामाकोशीको सेयर दोस्रो बजारमा प्रतिकित्ता २ सय २४ रुपैयाँमा कारोबार सुरु भएको हो ।

बिहीबार सुचिकृति भएको माथिल्लो तामाकोशीको सेयर दोस्रो बजारमा पहिलो पटक कारोबार गर्दा ७४ दशमलव ८९ रुपैयाँदेखि २२४ दशमलव ६७ रुपैयाँको विचको रेञ्ज किनबेच गर्न पाउने गरी नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मूल्य निर्धारण गरेको थियो । तर, बजारमा सबैभन्दा माथिल्लो मूल्यमा कारोबार भएको छ । उक्त सेयरको लागि नेप्सेले (UPPER) सिम्बोल उपलब्ध गराएको छ ।

कम्पनीले बिहीबार नेप्सेमा १० करोड ५९ लाख कित्ता सेयर सूचिकृत गरेको थियो। उक्त सेयर आईतबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL