Logo

हिमालयन हाइड्रो एक्स्पो २०१९ को तयारी अन्तिम चरणमा, सय भन्दा बढी स्टल बुकिङ

हिमालयन हाइड्रो एक्स्पो २०१९ को तयारी अन्तिम चरणमा, सय भन्दा बढी स्टल बुकिङ



काठमाडौं । हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेजले आयोजना गर्न लागेको उक्त मेलाको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

एक्स्पोमा सहभागि हुन ८५ भन्दा बढी प्रदर्शकहरुले १ सय भन्दा बढी स्टल बुकिङ गरिसकेका छन् । काठमाडौंको भृकुटीमण्डपमा हुने सो मेला माघ ४ गतेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने सो कार्यक्रममा करिब १ लाख भन्दा बढी अवलोकनकर्ताको उपस्थिती रहने आयोजकको अपेक्षा रहेको छ । एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा बीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने छ ।

चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुने भएका छन । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ ।

आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग भोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने छन् ।

साथै मेलामा सहभागि भएका आगन्तुकहरुले जलविद्युत आयोजना अवलोकन गर्न चाहेमा हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन समेत गर्ने भएको छ ।

एक्स्पोमा हाइड्रो म्यापको डेस्कटप भर्सन पनि सार्वजनिक गरिँदैछ । इप्पान, निती फाउण्डेशन तथा द एशिया फाउण्डेशनको संयुक्त पहलमा तयार गरिएको हाइड्रोे म्याप जलविद्युत क्षेत्रको तथ्यांक राख्ने आधुनिक माध्यम हुनेछ । एक्स्पोले सोलार पिभि सिष्टम, वीइण्ड इनर्जी लगायतका नवीकरणीय उर्जाको सम्भाव्यता पहिचान गरि अघि बढ्न समेत विशेष पहल गर्नेछ ।

जलविद्युत उत्पादनको गति तिब्र भईरहेका बेला आयोजना निर्माणमा महत्वपुर्ण योगदान दिँदै मुलुकलाई जलविद्युतमा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने लक्ष्यमा अघि बढ्न एक्स्पोले टेवा पुर्याउने आयोजकको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL