Logo

निर्माण लागत ३० प्रतिशत घटाउने एएसी ब्लक बजारमा, यस्ता छन विशेषता

निर्माण लागत ३० प्रतिशत घटाउने एएसी ब्लक बजारमा, यस्ता छन विशेषता



काठमाडौं । भारतीय कम्पनी क्रिस ह्वाईट ब्रिक्स ले नेपाली बजारमा घर बनाउन चाहिने ब्लक भित्र्याएको छ । कम्पनीले घर, भवन जस्ता संरचनाको लागत ३० प्रतिशतभन्दा बढीले कटौती गर्ने तर परम्परागत इँटाको तुलनामा निकै बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक नेपाली बजारमा भित्र्याएको हो ।

फ्लाई एसबाट बनेको उक्त ब्लकलाई वातावरणमैत्री मानिन्छ । रातो इँटामा जस्तो खेर जाने प्रतिशत यसमा लगभग शून्य हुने हुँदा पैसा हालेर किनेको सामान त्यसै फाल्नुपर्ने बाध्यता ग्राहकलाई नरहने कम्पनीले जानकारी दिएको छ ।

यो ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ ले जोड्न सकिने हुँदा गारो लगाउँदा सिमेन्ट र बालुवामा हुने खर्च बचत हुने पनि कम्पनीले जानकारी दिएको छ ।

आवासीय घर, कार्यालय भवन, बहुचल्ले भवन, व्यापारिक कम्प्लेक्स, अस्पताल, विद्यालय, होटल जस्ता संचरना निर्माणमा यसको प्रयोग गर्दा इँटाको लागत २० प्रतिशत हाराहारीमा र श्रमिक खर्च ५० प्रतिशतभन्दा बढी घटाउन सकिने कम्पनीले जारी गरेको विञप्तीमा उल्लेख छ । कम्पनीका अनुसार उक्त ब्लकले संरचना तयार गर्दा भित्री भागमा प्लास्टर गर्नु नपर्ने र यसो हुँदा भित्री प्लास्टरमा लाग्ने सामान र श्रमिक खर्च जोगिन्छ । यसको प्रयोग गर्दा भवनको भार २० प्रतिशत कम हुने पुष्टि भएको छ । स्टिल लागत पनि २० प्रतिशतले कटौती गर्न सकिन्छ । कम भार भएका भवनहरु भूकम्पीय जोखिमको हिसाबले सुरक्षित मानिन्छन ।

यो रातो इँटाभन्दा तीन गुणा हलुका हुन्छ । यसले भवनको भार मात्र घटाउँदैन ढुवानी लागत पनि कम पर्न आउँछ । यो ब्लक प्रयोग गर्दा भवनको समग्र भार ३० प्रतिशतभन्दा बढीले कम हुन्छ । भार कम हुने कारण बहुतल्ले र अग्ला भवन निर्माणमा यसलाई उत्कृष्ट मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL