Logo

डिशहोमको ‘डिशहोम उज्वल भविष्य’ योजना सार्बजनिक, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

डिशहोमको ‘डिशहोम उज्वल भविष्य’ योजना सार्बजनिक, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



काठमाडौं । डिश मिडिया नेटवर्कले ‘डिशहोम उज्वल भविष्य’ कार्यक्रम संचालनमा ल्याएको छ । कम्पनीले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले उक्त कार्यक्रम संचालनमा ल्याएको हो ।

कम्पनीले मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षा बाट वञ्चित हुन नपरोस भन्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्यक्रम ल्याएको हो ।

डिशहोमले उक्त योजना अन्तरगत बारा जिल्लाको सिम्रौन गढ स्थित, कँकाली उच्च माध्यामिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ । उनीहरूलाई आवश्यक शैक्षिक सामाग्री सहित चिसोे मौसम शितलहरबाट जोगिनका लागि न्यानो टोपि वितरण गरेको कम्पनीले जानकारी दिएको छ ।

डिशहोमका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले डिशहोम उज्जवल भविष्य कार्यक्रम अन्तरगत शैक्षिक सामाग्री वितरण गरेका हुन ।
डिसहहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दै आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL