Logo

शिखरको एकल सेल मेला, १ सय ७५ रुपैयाँमै जुत्ता

शिखरको एकल सेल मेला, १ सय ७५ रुपैयाँमै जुत्ता



काठमाडौं । शिखर सुजले आफ्नो एकल सेल मेला आयोजना गरेको छ । कम्पनीले राजधानीको भृकुटीमण्डपमा विहीबारदेखि उक्त एकल सेल मेला सुरु गरेको हो ।

मेलामा अविश्वसनीय मूल्यमा शिखरका जुत्ता उपलब्ध गराइने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए । मेलाको प्रदेश नम्बर ३ का आर्थिक मामला मन्त्री कैलास ढुंगेलले शुक्रबार उद्घाटन गरेका हुन ।

मन्त्री ढुंगेलले स्वदेशी जुत्ता उद्योगलाई प्रदेश सरकारले संरक्षण गर्ने बताउँदै नेपाली जुत्ता उपयोग गरेर नेपाली नागरिकले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नु पर्ने जानकारी दिएका छन ।

मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने शिखर सुजका प्रबन्ध निर्देशक प्रसाईले बताए । उनका अनुसार मेलामा १ सय ७५ रुपैयाँ मूल्यदेखिका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा हरेक जुत्ताचप्पलमा ग्राहकले कम्तीमा १५ प्रतिशत छुट पाउने छन् ।

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध हुने छन् । नयाँदेखि स्टकमा रहेका जुत्ता स्टक क्लियरेन्स गर्ने गरी कम्पनीले मेलामा राखेको छ । स्टक क्लियरेन्स गर्ने जुत्ता सेलकै मोलमा उपलब्ध गराउन कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL