Logo

साढे १ लाखले अवलोकन गरे जुत्ता चप्पल र छालाजन्य वस्तुको मेला, जुत्तामा आत्मनिर्भर

साढे १ लाखले अवलोकन गरे जुत्ता चप्पल र छालाजन्य वस्तुको मेला, जुत्तामा आत्मनिर्भर



काठमाडौं । जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको मेला करिव साढे १ लाख अवलोकनकर्ताले अवलोकन गरेका छन ।

गत पुस १३ गतेवाट सुरु भएकोे उक्त १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको १ लाख ५० हजार जनाले अवलोकन गरेको आायोजकले जानकारी दिएको छ ।

प्रदर्शनीमा देशभरका विभिन्न साना, मझौला एवं ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १ सय ९१ वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा रहेका थिए ।

प्रदर्शनिको अन्तिम दिन आयोजन भएको समापन कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनका अध्यक्ष कृष्णकुमार फुँयालले नेपालमा उत्पादित जुत्ता आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यावसायिकरुपमा लागिपरेको बताए । ‘हाम्रो पछिल्लो उत्पादन र उपभोगलाई हेर्दा क्रमशः आत्मनिर्भर बन्दै गएका छौँ, मागको ६० प्रतिशत धान्न सक्ने भएका छौ, यसले के सन्देश दिन्छ भने नेपाल जुत्तामा आत्मनिर्भर बन्दैछ ।’

उपभोक्ता, सरकार र सञ्चारमाध्यमको सहयोगले नै आफूहरुको सफलता मिलेको उनको भनाइ छ । उत्पादित जुत्तामध्ये कच्चा पदार्थको आयात र चुनौती बन्दै गएको छ । आधुनिक निर्माण सामग्री, आवश्यक दक्ष जनशक्ति र कच्चा पदार्थको अभावमा जुत्ता चप्पल व्यवसायले अपेक्षित प्रगति गर्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL