Logo

भायनेटको गो फर स्पिड, गो फर भायनेट सार्वजनिक, ६० एमबिपिएस स्पिडको १७२० रुपैयाँ

भायनेटको गो फर स्पिड, गो फर भायनेट सार्वजनिक, ६० एमबिपिएस स्पिडको १७२० रुपैयाँ



काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले ‘गो फर स्पिड, गो फर भायनेट’ योजना सार्वजनिक गरेको छ । फाईबर टु द होम (एफटिटिएच) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेटले उक्त योजना सार्वजनिक गरेको हो ।

भायनेटले स्पिड बृद्धि गर्ने क्रममा २० एमबिपिएस लाई बढाएर ३० एमबिपिएस बनाएको छ भने ३० एमबिपिएस लाई बढाएर ४० एमबिपिएस बनाएको छ ।

वार्षिक ग्राहकहरुले ३० एमबिपिएस इन्टरनेटको लागि प्रति महिना १२ सय रुपैयाँ, ४० एमबिपिएस इन्टरनेटको लागि प्रति महिना १४ सय रुपैयाँ र ६० एमबिपिएस इन्टरनेटको लागि प्रति महिना १७ सय २० रुपैयाँ तिर्नुपर्ने भायनेटले जानकारी दिएको छ ।

साथै ग्राहकहरुले ५५ एच्डी र १३५ ओटा एस्डी च्यानलहरु रहेको नेट टिभी समेत निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । योजना अन्तरर्गत भायनेटले ग्राहकहरुलाई ३ महिना र ६ महिनाको लागि समेत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ ।

सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट सर्भिस सुरु गरेको हो । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL