Logo

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भिड, शनिबारमात्रै ३० हजारले गरे भ्रमण

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भिड, शनिबारमात्रै ३० हजारले गरे भ्रमण



काठमाडौं । शुक्रबारदेखी सुरु भएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा उपभोक्ताको उत्साहजनक सहभागिता रहेको छ ।

भृकुटीमण्डपमा सुरु भएको उक्त प्रदर्शनीमा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको उत्पादन रहेको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार शनिबारमात्रै ३० हजार भन्दा बढीले मेला अवलोकन गरेको छ । सो मेला अवलोकन गर्न शनिबार रक्षामन्त्री इश्वर पोख्रेल, अभिनेत्री संचिता लुइँटेल, प्रियंका कार्की लगायतका सहभागिता रहेको थियो । त्यस्तै आइतबार भने काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले समेत प्रदर्शनीको अवलोकन गरेकी छिन ।

विभिन्न ब्रान्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुट समेत दिइएको आयोजकले जानकारी दिएको छ ।

‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूलनाराका साथ जारी प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु रहेको छ ।

मेलामा ११ वटा प्रायोजकहरुको पेभिलियन सहित १ सय ४० ओटा स्टलहरु रहको आयोजकले जानकारी दिएको छ ।

विदेशी जुत्ता ,चप्पल तथा छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले संचालित यस किसिमका औद्योगीक प्रदर्शनीले नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको वजार प्रवर्धन हुनुका साथै आयात प्रतिस्थापन लाई न्यूनिकरण गराई निर्यात प्रवर्धन गर्नका लागि अत्यन्तै ठूलो सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेज युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसंग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु रहनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL