Logo

सामसुङ प्रिमियम अल्ट्रासाउण्ड बजारमा, सामसुङ आइटी टेक्नोलोजिको पहिलो उपकरण

सामसुङ प्रिमियम अल्ट्रासाउण्ड बजारमा, सामसुङ आइटी टेक्नोलोजिको पहिलो उपकरण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ चैत, काठमाडौं । सामसुङ  इलेक्ट्रोनिक्सले प्रिमियम अल्ट्रासाउण्ड नेपाली बजारमा भित्राएको छ । ‘५डी सीएनएस’ प्रविधियूक्त सो अल्ट्रासाण्डमा रहेका ‘५डी सीएनएस’, ‘एमपीआई’ र ‘इलाष्टोस्क्यान’ लगायतका प्रविधिले उत्कृष्ट तस्बीर देखाउने कम्पनीको दाबी छ ।

२१दशमलव५ इञ्चको एलइडी स्क्रिन रहेको अल्ट्रासाउण्डमा १० दशमलव१ इञ्चको टच स्क्रिन रहेको छ । त्यस्तै यसमा सफ्टवेयर अप्टिमाइजेसन छ । जसले उचित शरिर विज्ञाानको थ्रिडी टिभीका लागि दृष्य देखाउन सक्छ ।

स्वास्थ्य तथा चिकित्सा व्यापार सामसुङ इन्डियाका दिनेश लोधाका अनुसार सामसुङ आइटी टेक्नोलोजिको यो पहिलो उपकरण हो । यसमा पछिल्ला सम्पुर्ण प्रविधिहरु जडान गरिएको उनले जानकारी दिए ।
डाइग्नोसिस सहज र शुलभ बनाउन चिकित्सा उपकरणहरु उत्पादनमा अग्रसर भएको जानकारी समेत दिए ।

 

प्रतिक्रिया दिनुहोस्
MBL