Logo

साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि संकुचन

साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि संकुचन



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजार सुधारका लागि नयाँ व्यवस्था अबलम्बन गरेसँगै बजार बढ्ने आशा गरेपनि ठिक त्यसको विपरित सेयर बजार ओरालो लागेको छ ।

आईतबार बजार खुलेको केही समय सामान्य उकालो लागेर ओरालो झरेको नेप्से परिसुचक अन्तमा १० दशमलव ६२ अंकले घट्न पुगेको छ । दोहोरो अंकले घटेको बजारमा प्रायजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ५२ अंकले घटेको छ ।

यसैगरी बजारमा अतिरिक्त समुहको परिसुचक ३३ अंकले घट्दा बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा ६ दशमलव ४८ अंकले गिरावट आएको छ । विकास बैंक, जलविद्युत, लघुवित्तलगायतका समुहका परिसुचकमा भने सामान्य गिरावट आएको छ ।

दोहोरो अंकले घटेको बजारमा निर्जीवन बीमा समुहको परिसुचक भने ३० अंकले बढ्न पुगेको छ । यसैगरी होटल समुहको परिसुचक २० अंकले बढ्दा अतिरिक्त समुहको परिसुचकमा सामान्य वृद्धि भएको छ ।

आईतबार नेप्से परिसुिचकसँगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । गतहप्ता दैनिक १ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको बजारमा आज घट्दै ४५ करोड रुपैयाँमा सिमिति भएको छ। जसमा १६८ कम्पनीको १२ लाख ३६ हजार कित्ता सेयर खरिदविक्री भए ।

प्रतिक्रिया दिनुहोस्
MBL