Logo

नेप्से ६ अंकले घट्दा कारोबार रकममा उच्च गिरावट, इन्भेष्टमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता

नेप्से ६ अंकले घट्दा कारोबार रकममा उच्च गिरावट, इन्भेष्टमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता



काठमाडौं । बुधबार नेप्से परिसुचकमा गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ५ दशमलव ७१ अंकले घट्न पुगेको छ ।

करिब ६ अंकले घटेको बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ३६ अंकले घटेको छ भने निर्जीवन बीमा समुहको परिसुचकमा पनि २४ अंकको गिरावट आएको छ ।

बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ४ दशमलव ५६ अंकको गिरावट आएको छ । यसैगरी विकास बैंक समुहको परिसुचकमा ८ दशमलव ८१ अंकको गिरावट आउँदा घलुवित्तमा १३ र जलविद्युतको समुहको परिसुचक ११ अंकले घटेको छ ।

बुधबार बजारमा नेप्से परिसुचकका साथै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिन ८० करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ४२ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा नेपाल इन्भेष्टमेण्ट बैंकमा लगानीकर्ताको आकर्षण बढेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर बढेर ६ करोड २४ लाख रुपैयाँको सेयर कारोकार भएको छ । यस्तै दोस्रो बढी कारोबार हुनेमा इन्भेष्टमेन्ट बैंककै संस्थापक सेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL